
असोज २१, काठमाण्डौ । दक्षिण अफ्रिकाविरुद्धको पहिलो पहिलो एकदिवसीय क्रिकेटमा भारत पराजित भएको छ ।
लखनउमा हिजो वर्षाको कारण ४० ओभरमा झारिएको खेलमा भारतलाई दक्षिण अफ्रिकाले ९ रनले हराएको हो ।
जितसँगै तीन खेलको सिरिजमा दक्षिण अफ्रीकाले १–० को अग्रता बनाएको छ ।
दक्षिण अफ्रीकाले दिएको २ सय ५० रनको लक्ष्य पछ्याएको भारतले ४० ओभरमा ८ विकेट गुमाएर २ सय ४० रन मात्र बनाउन सक्यो । यी दुई टोलीबीचको दोस्रो एकदिवसीय पर्सि हुनेछ ।