
काठमाडौं, असोज २०
बाराको जितपुर सिमरा उपमहानगरपालिका २२ अमलेखगञ्जमा बस दुर्घटनामा परि ज्यान गुमाएका नौ जनाको सनाखत भएको छ । बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ ।
हेटौँडा अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका १२ जनामध्ये नौ जनाको सनाखत भएको प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयो । ज्यान गुमाउनेमा पर्साको वीरगञ्ज महानगरपालिका १६ की मुन्नीदेवी चौरसिया, हेटौँडा उपमहानगरपालिका ७ की ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, २० वर्षीया स्वस्तिका श्रेष्ठ, बाराको कलैया–१० का नगरीन खातुन, बाराको अमलेखगञ्जका सुरेश विक, बाराको कलैयाका इन्ताज अन्सारी, ओखलढुङ्गाका ४५ वर्षीय लालबहादुर बोगटी, गोर्खाकी अम्बिका कँडेल र पर्साको वीरगञ्ज १६ का सकेमप्रसाद चौरसिया रहेका एसपी गौतमले जानकारी दिनुभयो ।
यसैबीच बस दुर्घटनामा घाइते ३६ मध्ये २० जनालाई थप उपचारका लागि चितवनको भरतपुरमा रहेको पुरानो मेडिकल कलेज लगिएको छ ।