असोज २०, काठमाडौं । राष्ट्रिय भूमि आयोगले चालू आर्थिक वर्षमा ५ लाख परिवारलाई लालपूर्जा वितरण गर्ने भएको छ ।
त्यसको लागि अहिले ७ सय ५३ स्थानीय तहमध्ये ६ सय ७२ स्थानीय तहसँग लगत सङ्कलनको काम सुरु गरेको र बाँकी स्थानीय तहमा पनि लगत सङ्कलनको काम सुरु गर्ने तयारी गरिएको आयोगले जनाएको छ ।
अहिलेसम्म करिब ४ हजार परिवारलाई लालपूर्जा वितरण गरिसकेको आयोगले तत्काल ५ हजारलाई लालपूर्जा वितरण गर्ने तयारी गरेको भए पनि मंसिर ४ को चुनावी आचारसंहिताका कारण रोकिएको छ ।
भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले अब निर्वाचनपछि लालपूर्जा वितरणको काम अघि बढ्ने बताउनुभयो ।
आयोगका अनुसार करिब १ लाख परिवारलाई लालपूर्जा वितरण गर्ने गरी प्रक्रिया पूरा भइसकेको छ ।