निर्वाचनमा खटिने पर्यवेक्षकका लागि आयोगले तोक्यो मापदण्ड

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १८

निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षकका रूपमा सहभागी हुँदा राजनीतिक दल वा उमेदवारको समर्थन गर्न नहुने प्रष्ट पारेको छ ।

उमेदवारको समर्थन वा विरोध हुने गरी पर्यवेक्षकले निर्वाचन चिह्न अङ्कित ब्याज लगाउन वा अन्य कुनै माध्यमद्वारा प्रचारप्रसार वा प्रदर्शन गर्न नहुने आयोगले जनाएको हो । आज एक सूचना जारी गर्दै आयोगले निर्वाचन अधिकृतबाट अन्तिम परिणाम घोषणा गर्नुअघि पर्यवेक्षकले उमेदवार विजयी भएको सूचना सम्प्रेषण गर्न वा गराउन नहुने स्पष्ट पारेको छ ।

राजनीतिक दल, उमेदवार, कर्मचारी वा अन्य व्यक्तिसँग नगद वा जिन्सी वा उपहार वा अन्य कुनै सामान लेनदेन गर्न नहुने पनि आयोगले जनाएको छ ।

आयोगले पर्यवेक्षकको रुपमा खटिदा सबैले देखिने गरी परिचयपत्र लगाउनुपर्ने, आयोगले अनुमति दिएको क्षेत्रमा मात्र पर्यवेक्षण गर्नुपर्ने, मतदान अधिकृतको अनुमति लिएर निश्चित दूरीबाट मात्र मतदान कार्यको पर्यवेक्षण गर्नुपर्ने, विभिन्न जातजाती, सम्प्रदाय, लिङ्ग, धर्म, भाषा, क्षेत्र र संस्कृतिको सम्ममान गरी स्वतन्त्र, निष्पक्ष, तटस्थ, विश्वसनीय ढङ्गले पर्यवेक्षण गर्नुपर्ने पनि जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्