काठमाडौं, १८ असोज । सरकारमा रहेका राजनीतिक दलहरूबीच सिट बाँडफाँडको बारेमा सहमति नजुट्दा नेकपा एमालेको उम्मेदवार छनोट प्रक्रिया पनि लम्बिएको छ ।
सत्ता गठबन्धनमा रहेका जनता समाजवादी पार्टी (जसपा)लगायत केही दलमा देखिएको असन्तुष्टि, जसपासँगको निर्वाचन तालमेलको बारेमा निर्णय भएपछि आगामी रणनीति बनाउने योजना एमालेको छ ।
सत्ता गठबन्धनमा जसपाले प्रतिनिधि सभामा १६ र प्रदेश सभामा ३२ सिट माग्दै आएको छ ।
गठबन्धनमा कुरा नमिले प्रमुख प्रतिपक्षीसहित अन्य दलसँग तालमेल गर्नेबारे जसपाले गरेको निर्णयलाई एमालेले स्वागत गरेको नेता विशाल भट्टराईले बताउनुभयो ।