सत्ता गठबन्धनका शीर्षसहित कार्यदल सदस्यहरू छलफलमा

खबर बुक
  • ख-
  • ख+

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि भागबण्डा टुंगो लगाृउन लगाउन सत्ता गठबन्धनका शीर्षसहित कार्यदल सदस्यहरू बिहानैबाट छलफलमा जुटेका छन् ।

बिहान साढे ८ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा प्रतिनिधि सभाका केही निर्वाचन क्षेत्र र प्रदेश सभाका निर्वाचन क्षेत्रबारे छलफल भइरहेको जसपाका कार्यदल सदस्य मनिष सुमनले जानकारी दिनुभयो ।

सिट बाँडफाँटमा कांग्रेस र माओवादी केन्द्रले जसपा र नेकपा एकीकृत समाजवादीलाई पेलेको भन्दै असन्तुष्टि बढेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्