काठमाडौं, २० असोज ।गोकर्णेश्वर नगरपालिका काठमाडौंका स्थानीय तहहरुमध्ये स्वास्थ्य सूचकाङ्कको आधारमा भएको मूल्यांकनमा प्रथम बनेको छ ।
आर्थिक वर्ष २०७९÷८० को बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य कार्यालय काठमाडौंले वार्षिक समिक्षा गोष्ठीको अवसरमा गरेको मूल्यांकनमा गोकर्णेश्वर नगरपालिका प्रथम बन्न सफल भएको हो ।
काठमाडौं महानगरसहित काठमाडौंका सबै स्थानीय तहको मूल्यांकन भएको स्वास्थ्य कार्यालय प्रमुख सागर घिमिरेले जानकारी दिनु भएको छ । गोकर्णेश्वर नगरपालिकाले स्वास्थ्य सेवाका क्षेत्रमा गरिरहेको कामको मूल्यांकन गर्दै स्वास्थ्यखबरले पनि दीगो विकास लक्ष्य अन्तर्गत नसर्ने रोगको उपचार, रोकथाम र जनचेतनाका क्षेत्रमा गरेको योगदानको कदर गर्दै स्वास्थ्यखबर हेल्थ अवार्ड प्रदान गरेको थियो।
स्वास्थ्य कार्यालयको मूल्यांकनबाट प्रथम स्थान हासिल गरेसँगै थप काम गर्ने हौसला मिलेको गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसालले बताउनुभएकाे छ । उनले स्वास्थ्यका क्षेत्रमा काम गर्न साथ दिने सबैलाई धन्यवाद दिँदै भने ’स्वास्थ्यका क्षेत्रमा थप काम गर्ने प्रतिवद्धता गर्ुभएकाे छ ।
न्युज कारखाना









