काठमाडौं, १७ असोज । मकवानपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
बस दुर्घटनामा मोरङ बेलबारी नगरपालिका वडा नम्बर ८ बस्ने ५१ वर्षका कल्पना राजवंशी र झापाको दमक नगरपालिका वडा नम्बर ५ का ६० वर्षका डिल्ली बहादुर दर्जीको मृत्यु भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।
काठमाडाँैबाट झापाको दमक जाँदै गरेको ना ७ ख २०३२ नम्बरको बस गएराति साढे १२ बजे हटाँैडा उपमहानगरपालिका वडा नम्बर १५ को चुरियामाइमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा घाइते भएका मध्य ३ जनाको चितवन मेडिकल कलेज भरतपुर, २ जनाको काठमाडाँैका विभिन्न अस्पताल र अन्यको मकवानपुरको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेकामध्ये १४ जना सामान्य घाइते छन् ।