अजरबैजानको इन्धन डिपोमा विस्फोट हुँदा २० जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ९ असोज । अजरबैजानको नागोर्नो–काराबाखमा रहेको इन्धन डिपोमा विस्फोट हुँदा २० जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका छन् । करिब तीन सय मानिस अस्पताल भर्ना भएका र त्यसमध्ये केहीको अवस्था भने गम्भीर रहेका अजरबैजानका अधिकारीहरुले जानकारी दिएका छन् ।

विस्फोटको  कारण भने खुलिसकेको छैन । आर्मेनियाली सरकारले १३ हजार ३५० शरणार्थीहरू एन्क्लेभबाट देश पार गरेको बताएपछि घटना भएको हो । विवादित नागोर्नो–काराबाख क्षेत्रमा करिब १ लाख २० हजार जातीय आर्मेनियालीहरूको बहुमत रहेको छ।

मंगलबार एक विज्ञप्तिमा स्थानीय अधिकारीहरूले घटनास्थलमा १३ अपरिचित शव भेटिएको र थप सात जनाको अस्पतालमा मृत्यु भएको बताए ।

गत हप्ता अजरबैजानले नागोर्नो–काराबाख कब्जा गरेपछि, येरेभानमा आर्मेनियाली सरकारले लडाइँबाट घरबारविहीन भएकाहरूलाई स्थानान्तरण गर्ने योजना घोषणा गरेपछि हजारौं मानिसहरूले क्षेत्र छोडेका छन्।
Newskarkhana.com

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्