काठमाडौं, १६ असोज । एएफसी १७ वर्षमुनिको एसियन कप छनोटका लागि नेपाली टोली आज भियतनाम जाने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले भियतनाम जाने टोलीलाई हिजै बिदाइ गरेको छ ।
नेपाल रहेको समूह ‘एफ’मा थाइल्यान्ड, भियतनाम र चाइनिज ताइपेई छन् । नेपालले प्रतियोगिताको पहिलो खेलमा आउँदो बुधबार थाइल्यान्डसँग खेल्नेछ ।