काठमाडौं, १६ असोज । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को महिला टी–२० वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले दुई स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको हो ।
नेपाल यसअघि १८ औं स्थानमा थियो । नयाँ वरीयताको शीर्षस्थानमा अष्ट्रेलिया छ ।
यसैगरी इङ्ल्यान्ड दोस्रो, न्युजिल्याण्ड तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा छन् ।












