सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशलाई

खबर बुक
  • ख-
  • ख+

सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ ।

कैलालीको धनगढी रङ्गशालामा हिजो भएको फाईनल खेलमा कर्णाली प्रदेशलाई सडनडेथमा १०–९ ले हराउँदै लुम्बिनीले उपाधि जितेको हो ।

यसअघि निर्धारित समयमा दुबै टोलीले १–१ को बराबरी खेलेका थिए । उपाधिसँगै लुम्बिनी प्रदेशले नगद ५ लाखसहित ट्रफी मेडल प्राप्त गरेको छ । उपविजेता कर्णाली प्रदेशले नगद ३ लाख सहित ट्रफी मेडल प्राप्त गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्