काठमाडौं, असोज १५
प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापनाको काम आजदेखि सुरु भएको छ ।
मङ्सिर ४ गतेका लागि तय भएको निर्वाचनका लागि आजदेखि कार्यालय स्थापनाको काम सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले आउँदो २० गतेभित्र सबै जिल्लामा कार्यालय खोलिसक्न पनि निर्देशन दिएको छ ।
आयोगले प्रदेश र प्रतिनिधि सभा चुनावको लागि आचारसंहिता लागू गरिसकेको छ ।











