क्यानडा र भारतबीच सम्बन्ध बिग्रँदो, क्यानडाद्वारा एड्भाइजरी जारी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३ असोज । क्यानडाले भारतका लागि नयाँ ट्राभल एड्भाइजरी जारी गरेको छ ।

क्यानडाले आफ्ना नागरिकलाई अत्यन्त सतर्क रहन भन्दै भारत प्रशासित जम्मू–कश्मीरको यात्रा नगर्न आग्रह गरेको छ । जम्मू कश्मीरमा आतङ्कवाद, अतिवाद, अशान्ति र अपहरणको खतरा रहेको क्यानडाले जारी गरेको एड्भाइजरीमा उल्लेख छ ।

यस्तै, पाकिस्तानसँग सीमा जोडिएको भारतका गुजरात, पन्जाब र राजस्थानका क्षेत्रमा नजान पनि क्यानडाले आफ्ना नागरिकलाई भनेको छ । क्यानडाको यो नयाँ ट्राभल एड्भाइजरी दुई देशबीच तनाव बढिरहेको बेला जारी भएको हो।

अस्ति सोमवार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको आरोप लगाउनु भएको थियो । यसका साथै क्यानडाले एक जना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेको थियो ।त्यस लगत्तै भारतले पनि क्यानडाली कूटनीतिज्ञलाई देश निकाला गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्