६० किलो सुन प्रकरण अदालतमा याओ पुचेङ्गको बयान सुरु

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, असोज १ । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणमा अदालतमा बयान लिन थालिएको छ । सोमबार प्रतिवादी चिनियाँ नागरिक याओ पुचेङ्गको बयान सुरु गरिएको हो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा बयान सुरु भएको छ । आजबाट बयान सुरु भएको जिल्ला अदालत काठमाडौँका श्रेस्तेदार कोशलेश्वर ज्ञवालीले बताउनुभयो ।
मंगलबारबाट ४ ठाउँमा राखेर चार जना प्रतिवादीको बयान लिनेगरी तयारी गरिएको श्रेस्तेदार ज्ञवालीले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्