![](https://khabarbook.com/wp-content/uploads/2022/08/death-died-dead.jpeg)
काठमाडौं, असोज १ । नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको मृत्यु भएको छ । नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० को गैँडाकोट नगरपालिका–७ का सबिन कुमाल र सङ्गम कुमालको नारायणीमा डुबेर मृत्यु भएको हो ।
आज दिउँसो नारायणीमा पौडी खेल्ने क्रममा गैँडाकोट नगरपालिका–७ गैरी बस्ने सुमन कुमालका छोराहरू १४ वर्षीय सबिन र नौ वर्षीय सङ्गमको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व० का प्रहरी नायब निरीक्षक बेदबहादुर पौडेलले बताउनुभयो ।