आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको विजेताले १६ लाख अमेरिकी डलर पुरस्कार पाउने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ असोज ।  आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको विजेताले १६ लाख अमेरिकी डलर पुरस्कार पाउने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले हिजो विजेताले पाउने पुरस्कार रकम घोषणा गरेको हो ।

यस्तै उपविजेताले त्यसको आधा अर्थात् ८ लाख अमेरिकी डलर पाउने छन् भने सेमिफाइनल पुग्ने टोलीले ४ लाख अमेरिकी डलर पाउने छन् ।

विश्वकपमा कुल ५ दशमलव ६ मिलियन अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ ।

अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप आगामी १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म आयोजना हुँदैछ । विश्वकपमा १६ टिमको सहभागिता रहनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्