निर्वाचन आयोग : निर्वाचनमा सामाजिक सञ्जालको अनुगमन प्रभावकारी बनाउने काम आयोगको प्रेस अफिसबाट हुने

खबर बुक
  • ख-
  • ख+

 

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा सामाजिक सञ्जालको अनुगमन प्रभावकारी बनाउने काम आयोगको प्रेस अफिसबाट हुने बताउनुभएको छ ।
शुक्रबार आयोगमा प्रेस अफिस उद्घाटन गर्दै थपलियाले सामाजिक सञ्जालको अनुगमन बिभिन्न ठाँउबाट गर्नुभन्दा पनि एकीकृत रुपमा प्रेस अफिस अफिसबाटै गरिने बताउनुभएको हो ।

प्रेस अफिसमा नै सामाजिक सञ्जाल अनुगमन गर्न बिभिन्न निकायका प्रतिनिधिहरुलाई राखिने उहाले बताउनुभयो । थपलियाले आमसञ्चार माध्यमको अनुगमन आम सञ्चार माध्यमले नै गर्दा राम्रो हुने भन्दै सञ्चार माध्यमका सामाग्रीलाई लिएर पत्र नकाट्ने स्पष्ट पार्नुभयो ।

यता आयोगले प्रेस अफिस उद्घाटन गरेसंगै नेपाल पत्रकार महासंघले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता र प्रेसको संवैधानिक स्वतन्त्रतामाथि नियन्त्रण गर्न खोजेको भन्दै आपत्ति जनाएको छ । महासंघले शुक्रबार नै बिज्ञप्ती जारी गर्दै निर्वाचनलाई लक्षित गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषण भएका सामग्री अनुगमन गर्न नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्यूरोसमेत रहनेगरी संयन्त्र निर्माण गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्