सत्ता गठबन्धनको बैठक आज पनि बस्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १४ असोज

आगामी निर्वाचनको सिट बाँडफाँडको बारेमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा गठबन्धन दलबीच सहमति नजुटेका निर्वाचन क्षेत्रका विषयमा छलफल गरेर टुङ्गोमा पुग्न प्रयास हुने नेताहरूले बताएका छन् ।

गठबन्धनभित्र प्रदेश र प्रतिनिधिसभातर्फ सिट बाँडफाँड करिब टुङ्गिसकेको नेताहरूको दावी छ ।

कार्यदलले तयार पारेको प्रस्तावमा शीर्ष नेताहरूले छलफल गरी टुङ्ग्याउने भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्