सुदूरपश्चिम राजधानी कपको फाइनलमा लुम्बिनी र कर्णाली प्रदेश खेल्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १४ असोज

सुदूरपश्चिम राजधानी कपको फाइनलमा लुम्बिनी र कर्णाली प्रदेश खेल्ने भएका छन् ।

कैलालीको धनगढीमा चलिरहेको प्रतियोगिताको सेमिफाइनलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ४–३ गोलले हरायो। हिजो भएको खेलमा गण्डकी प्रदेशलाई हराउँदै लुम्बिनी उपाधि नजिक पुगेको हो ।

कर्णाली प्रदेश यसअघि नै फाइनल पुगिसकेको छ। उपाधिका लागि भोलि शनिवार लुम्बिनी र कर्णाली प्रदेशबीच खेल हुनेछ।

पीएफए स्पोर्टस् क्लब अत्तरियाको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्