
धनगढीमा जारी चौंथो संस्करणको सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगितामा आजदेखि सेमीफाइनलका खेल हुँदैछन् ।
धनगढी रङ्गशालामा हुने पहिलो सेमिफाइनलमा फाइनल प्रवेशका लागि लुम्बिनी र गण्डकी प्रदेश दिउँसो ३ बजे खेल्नेछन् । प्रतियोगिताको फाइनल खेल पर्सि हुने आयोजकले जनाएको छ ।
विजेताले नगद ५ लाख र उपविजेताले ३ लाख प्राप्त गर्नेछन् ।