काठमाडौं , ३ भदौ । देशभर डेंगु संक्रमितको संख्या १६ हजार नाघेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी)को शनिबारसम्मको तथ्यांक अनुसार गत १५ पुसदेखि हालसम्म १६ हजार २६७ जनालाई डेंगु संक्रमण पुष्टि भएको छ । त्यस्तै, यसअवधिमा डेंगुले १२ जनाको ज्यान लिइसकेको छ ।
हालसम्म ७५ जिल्लामा डेंगु संक्रमण फैलिसकेको छ । महाशाखाका अनुसार कोशीमा १२ हजार २१, बागमतीमा २ हजार ६५१, गण्डकीमा ६१८ , सुदुरपश्चिम प्रदेशमा ४७९ जना संक्रमित भेटिएका छन् । त्यस्तै, लुम्बिनीमा ३१३, मधेशमा १४० र कणाली प्रदेशमा ३९ जनामा संक्रमण पुष्टि भएको छ ।









