दक्षिणी सीमा क्षेत्रमा सर्वसाधारणमाथि हुने लुटपाट र दुव्र्यवहारजन्य घटना रोक्न नेपाल–भारतका सुरक्षा अधिकारी यात्रु सहायता कक्ष (हेल्प डेस्क) सञ्चालनमा ल्याउन सहमत भएका छन् ।
त्यसका लागि अन्तर्राष्ट्रिय प्रवेश र प्रस्थान बिन्दुमै नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) र भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले आवश्यकताअनुसार कतै एकल र कतै संयुक्त प्रतिनिधि रहने हेल्प डेस्क सञ्चालन गर्ने भएका हुन् ।
हिजोदेखि काठमाडौँमा सुरु ‘सीमा सुरक्षा, व्यवस्थापन र समन्वय’ सम्बन्धी छैटौं बैठकमा यस्तो समझदारी बनेको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र भारतीय सशस्त्र सीमा बलका प्रमुख सुजोय लाल थाउसेन तथा दुवै देशका गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधि बैठकमा सहभागी छन् ।
पूर्वनिर्धारित एजेन्डाअनुसार नै अन्तर्राष्ट्रिय सीमा नाकामा दुवै देशका तर्फबाट हेल्प डेस्क सञ्चालन गरी सुरक्षित रूपमा आउजाउ गर्ने प्रबन्ध मिलाइने बैठकमा समझदारी बनेको हो ।