चुरोटको लतबाट छुटकारा पाउन वीर अस्पतालले चुइगम दिएर सहयाेग गर्ने भएकाे छ । वीर अस्पतालले एउटा चुईगम दिएर चुईगमले चुरोटको लत छोडाउने वीधि शुरू गरेकाे छ ।
धेरै मानिसहरूलाइ लागेकाे लत छुटाउन एकदमै गाराे हुने भएकाे छ । लत लागे पछि छुटाउन नसकिरहेकाहरूलाइ खुशिकाे खबर अाएकाे छ । यहि समस्या समाधानकाे लागि एक महिनाअगाडि विश्व स्वास्थ्य संगठनले वीर अस्पताललाई धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत छोड्न चाहनेहरूका लागि निकोटिन चुईगम उपलब्ध गराएको छ ।
अब वीर अस्पताल गएर चुइगम लिएर खान सकिनेछ ।









