काठमाडौं, असोज ९
सर्वोच्च अदालतले सभामुख र उपसभामुखको कार्यकालबारे कारण देखाउ आदेश दिएको छ ।
आज न्यायाधीश हरि फुयाँलको एकल इजलासले सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको कार्यकालका सम्बन्धमा कारण देखाउ आदेश जारी गरेको हो । साथै, इजलासले रिटलाई अग्राधिकार दिएको अधिवक्ता जगन्नाथ दुलालले जानकारी दिनुभयो । दुलाल सहितका चार अधिवक्ताले सभामुख र उपसभामुखको कार्यकाल समानुपातिकको बन्दसूची बुझाएसँगै सकिएको दाबी गर्दै रिट दर्ता गर्नुभएको हो ।
यसैबीच, सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयसँग नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण माग गरेको छ । आज सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले राष्ट्रपति कार्यालयलाई नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण पेस गर्न आदेश दिएको हो ।
रिट निवेदक सुनिलरञ्जन सिंहले फुयालको इजलासले आग्राधिकारसहित कारण देखाउ आदेश जारी भएको जानकारी दिनुभयो ।