काठमाडौं, ७ साउन ।देशभर हाल सम्म ६८ प्रतिशत मात्र रोपाइँ सकिएको जनाइएको छ ।
विगतमा भन्दा मनसुन सकिृय नहुँदा साउन पहिलो हप्तासम्म ६८ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको हो ।
पोहोर साउन ५ गतेसम्म ८८ प्रतिशत रोपाइँ सकिएको थियो । मधेश प्रदेश, बागमती र गण्डकीमा मनसुन प्रवेशमा ढिलाइ हुँदा रोपाइँमा असर परेको कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताउनुभयो । त्यस्तै गोरुमा लम्पी स्कीन रोग देखिएका कारण पनि रोपाइँमा ढिलासुस्ती भएको छ ।










