कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेसबुकबाट लाइभ हुने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक लाइभ गरिने भएको छ । मंगलबारबाट सुरु हुन लागेको केन्द्रीय कार्यसमिति बैठक पार्टीकै आधिकारिक फेसबुक पेजबाट लाइभ गर्न लागिएको हो ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार दिउँसो १ बजेबाट सुरु हुने बैठक लाइभ गर्न लागिएको हो । सोमबार पदाधिकारीसहितको बसेको बैठकमा सभापति शेरबहादुर  देउवाले बैठक लाइभ गर्ने प्रस्ताव गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्