अध्यागमन कार्यालयले ३७ जना नेपाली कामदारलाई पुन फर्कायाे

खबर बुक
  • ख-
  • ख+

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले ३७ जना नेपाली कामदारलाई पुन फर्काएको छ ।गएराति पौने ११ बजे कुवेत रोजगारीका लागि जान लागेका कामदारलाइ फिर्ता गरिएकाे हाे ।

२७ गते अध्यागमनले फर्काएका कुवेत उड्न ठिक्क परेका ११७ कामदारमध्ये ३७ जनालाई हिजो फेरि अध्यागमनले फर्काएको हो । फकाईएका ३७ जना कामदारहरुलाई कम्पनीहरुले फेरि टिकट काटेर पठाउन लागेको थियो । तर अध्यागमन उनीहरूले पेश गरेको कागजात शंकास्पद लागेर फर्काइएको बताएका छन् ।

निरकमल एचआर मेनपावर कम्पनीमार्फत जजिरा एयरलाइन्सबाट जान लागेका ११ जना र सलाम एयरबाट ४ जना जान लागेका थिए । युथ मेनपावरमार्फत जजिराबाट १३ जना र सलाम एयरबाट ९ जना कतार जान लागेका थिए ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्