काठमाडौं, ३० असार । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । झापाकाे गौरीगञ्ज गाउँपालिका वडा नं. १ टुनुकी ५५ वर्षीया सिला बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार खेतमा काम गर्न गएकी उनी घरमा फर्किएर चार्जमा रहेको मोवाइलको फोन उठाउन करेन्ट लागेको हो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।











