काठमाडौं, २६ असार । राष्ट्रिय सभा सदस्य डा.विमला राई पौड्यालले आगामी आर्थिक वर्षको बजेट दिल्लीबाटै पास हुन लागेको हो ? भन्दै प्रश्न गर्नुभएको छ ।
मंगलवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री बनाउनका लागि व्यापारीहरु दिल्ली दौडाहामा गएको कुरा उल्लेख गरेको भन्दै बजेट कार्यक्रम पनि त्यतैबाट पास गर्न लागिएको हो भन्दै प्रश्न गर्नुभयो ।
उहाँले असमान बजेट आउनुको कारणबारे संसद र जनतालाई जानकारी दिन आग्रह गर्नुभयो । उहाँले छिमेकी देशसँगको नेपालको सम्बन्ध असमान हुँदै गइरहेको बताउनु भयो ।
राष्ट्रिय सभा सदस्य राईले असंलग्न परराष्ट्र नीति छोडेको हो भन्दै सरकारसँग जवाफ माग गर्नुभयो ।










