सूर्यविनाक नगरपालिका-६ का पाँंच दर्जन बढी वडाबासी रास्वपा प्रवेश

खबर बुक
  • ख-
  • ख+

भक्तपुर, २३ असार । भक्तपुरको सूर्यविनायक नगरपालिका-६ वडाका पाँंच दर्जन भन्दा बढी वडाबासी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यविनायक नगरपालिका ६ वडाले शनिबार गरेको वडास्तरीय भेटघाट तथा परिचयात्मक कार्यक्रममा वडाबासीहरु पार्टी प्रवेश गरेका हुन् ।

उनीहरूलाई पार्टीका संसदीय दलका सचेतक संघीय सांसद सन्तोष परियारले टक्मा लगाई दिनुका साथै एउटाएउटा कलम उपहार दिई पार्टी प्रवेश गराएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यविनायक नगरपालिका वडा नं ६ वडा पहिला नै केशव लुइँंटेलको अध्यक्षतामा गठन भएको थियो । त्यही समितिले शनिबार वडास्तरीय भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेको थियो । यही कार्यक्रममा सहभागी भई उनीहरुले पार्टी प्रवेश गरेका हुन् । वडा नं ६ मा सूर्यविनायक पाण्डुबजार र कटुञ्जे टोलहरु पर्दछन् ।

कार्यक्रममा पार्टी संसदीय दलका प्रमुख सचेतक परियार, जिल्ला अध्यक्ष रामेश्वर वस्नेत, भक्तपुरको क्षेत्र नं २ का सघीय सांसदका उम्मेदबार साजन विक, पार्टी सूर्यविनायक नगर समितिका अध्यक्ष मनोज केसी, पार्टी वडा अध्यक्ष केशव लुइँंटेललगायतले देशको परिवर्तनका लागि नयाँं पार्टीको जरुरत रहेको बताए ।

न्युज कारखाना 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्