महिला साफ च्याम्पियनसिपको प्राविधिक कमिटिले एन्फालाई बुझायो प्रतिवेदन

खबर बुक
  • ख-
  • ख+

छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको प्राविधिक कमिटिले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई प्रतिवेदन बुझाएको छ ।

प्राविधिक कमिटिले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई प्रतिवेदन बुझाएको हो । कमिटीले बुझाएको प्रतिवेदनमा च्याम्पियनसिपमा नेपालको प्रदर्शनको विश्लेषण गरिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना भएको महिला साफ भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना भएको थियो । प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो ।

फाइनलमा नेपाललाई ३–१ ले हराएर बङ्गलादेश च्याम्पियन बनेको थियो । प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्