सत्तारुढ गठबन्धनको आजको बैठक निष्कर्ष विहीन

खबर बुक
  • ख-
  • ख+

सत्तारुढ गठबन्धनको आजको बैठक निष्कर्षविहीन बनेको छ ।

आज  बैठकमा सिट बाँडफाँटको विषयमा कुनै पनि ठोस सहमति नभएको बुझिएको छ ।५ दलीय सत्ता गठबन्धनले साउन २० गते नै सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन गरेपनि सहमति जुट्न सकेको थिएन । गठबन्धनमा प्रतिनिधि सभाको १६५ सिटमध्ये ९० प्रतिशतमा सहमति जुटेपनि अन्य निर्वाचन क्षेत्रका बारेमा दोहोरो र तेहरो दाबी भएकाले भागबण्डामा सकस पर्दै आएको छ । दलहरुले सिट भागबण्डा मिलाउँदा प्रतिनिधि र प्रदेश सभा दुवैमा सन्तुलनसहित सहमति गर्ने बताउँदै आएका छन् । तर, दलहरुले दाबी गरेका क्षेत्र तलमाथि गर्न नेताहरु नमान्दा समस्या भइरहेको छ । आयोगले प्रत्यक्षतर्फ असोज २३ मा उम्मेदवारी दर्ता गर्ने कार्यतालिका बनाएको छ ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्