काठमाडौं, असार ८ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जुनसुकै बेला पनि हुनसक्ने बिपदलाई मध्यनजर गर्दै सहज अवस्थामा रहनुपर्ने बताउनुभएको छ ।
आकस्मिक चिकित्सकीय समूहको कार्यक्रमलाई शुक्रबार ललितपुरमा सम्बोधन गर्दै मन्त्री बस्नेतले मुलुकको सबै क्षेत्रलाई ध्यानमा दिएर विपत्ति न्यूनिकरणका लागि पूर्व तयारी अवस्थामा बस्नुपर्ने बताउनुभएको हो ।
उहाले संविधान प्रदत्त स्वास्थ्यको अधिकारलाई सुनिश्चित गर्न लाग्नुपर्नेमा ध्यान दिन स्वास्थ्यकर्मीलाई आग्रह पनि गर्नुभयो । आफु मन्त्री नहुदा पनि स्वास्थ्य क्षेत्रका लागि धेरै काम गरेको र बिभिन्न जिल्लामा भएका घटनामा स्वास्थ्य सामाग्रीका साथै आवश्यक राहत प्रदान गरेको जिकिर गर्नुभयो । उहाले राम्रो कार्ययोजना बनाएर अघि बढे सहयोगको खाँचो नहुने बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले देशभर २५ अस्पतालमा स्याटेलाइट आकस्मिक सेवा प्रदान गर्नसक्ने अवस्थामा रहेको जिकिर गर्नुभयो ।









