एसिया कप क्रिकेट आजदेखि

खबर बुक
  • ख-
  • ख+

एसिया कप टि–ट्वान्टी क्रिकेट आजदेखि सुरु हुँदैछ ।

यूएईमा हुने प्रतियोगिताको उद्घाटन खेलमा अफगानिस्तान र श्रीलङ्का खेल्नेछन् ।

खेल नेपाली समयअनुसार साँझ पौने आठ बजे सुरु हुने छ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी)ले प्रतियोगितामा सहभागी ३ टोलीहरूलाई दुई समुहमा विभाजन गरेर खेल सञ्चालन गरेको छ ।

जसको समुह ‘ए’ मा साविक विजेता भारतसहित पाकिस्तान र हङकङ रहेका छन् ।

त्यसतै समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् ।

प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन् । सुपर चारमा प्रतिस्पर्धापछी छानिने शीर्ष दुई टोली फाइनल खेल्ने एसीसीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्