प्लास्टिकजन्य पदार्थको विकल्पको खोजि गर्नुपर्छः स्वास्थ्यमन्त्री बस्नेत

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २२ जेठ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले प्लास्टिकजन्य पदार्थको विकल्पको खोजि गर्नुपर्ने बताउनुभएको छ ।

विश्व वातावरण दिवसको अवसरमा डिप्लोमा इञ्जिनीयर्स एशोशिएसन नेपालले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा प्लास्टिक प्रदूषणको समाधानका लागि यसको विकल्पको खोजि गर्नुपर्ने बताउनुभएको हो ।

उहाले प्लास्टिकजन्य पदार्थको विकल्पको बिषय एउटा देशले मात्रै गरेर नहुने भन्दै सार्क राष्ट्र लगाएतका देशले सामुहिक प्रयास गर्नुपर्ने बताउनुभयो ।

उहाले प्लास्टिकजन्य पदार्थको प्रदूषण न्यूनीकरणका लागि विगतदेखि नै आवश्यक नीति, रणनीतिका साथै कार्ययोजना पनि बनाउँदै जानकारी दिनुभयो । प्लास्टिक प्रदूषणको समाधानका लागि आवश्यक प्रचार प्रसारका साथै प्रयोगको न्यूनिकरणका लागि आवश्यक नीति बनाउनुपर्ने उहाले बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुले प्रदूषण हुने उत्पादनलाई निरुत्साहित गर्ने कार्यमा सहयोग गर्नका लागि उत्प्रेरित गर्नुपर्नेमा जोड दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्