नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

खबर बुक
  • ख-
  • ख+

काठमाडौं,जेठ १९ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ सय ६७ जनाको नमूना परीक्षण गर्दा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

आज शुक्रबार ४ जना संक्रमित निको भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १९ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्