ओलीलाई जोडेर संसदमा दिएको अभिव्यक्ति उचित नभएको प्रधानमन्त्री प्रचण्डको भनाई

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, जेठ १३ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पशुपतिनाथको जलहरी प्रकरणमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई जोडेर संसदमा अभिव्यक्ति दिनु उचित नभएको बताउनु भएको छ ।

पार्टीका सांसद लेखनाथ दाहालले सो प्रकरणबारे ओलीलाई जोडेर संसदमा दिएको अभिव्यक्ति उचित नभएको प्रधानमन्त्री दाहालको स्विकारोक्ति थियो । शनिबार प्रतिनिधिसभा बैठक सूरु हुने वित्तिकै एमाले सांसदहरुले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले त्यसबारे जवाफ दिन प्रधानमन्त्री दाहाललाई समय दिनु भएको थियो ।

प्रधानमन्त्री दाहालले सो प्रकरणबारे पार्टीका सांसद दाहालले बोलेको कुरा संसदका रेकर्डबाट हटाउन सकिने प्रचलन गरेको पनि स्मरण गराउनु भयो । उहाँले सो प्रकरणबारे अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको र स्वतन्त्र तथा निष्पक्ष छानविन हुने आश्वासन समेत दिनुभयो ।

प्रधानमन्त्री दाहालले सो प्रकरणबारे छानविन गर्न अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई सरकारले सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । उहाँको सो जवाफ दिएपछि अहिले संसद बैठक सूचारु भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्