भ्रष्टाचार र बेथितिविरुद्धको आन्दोलनमा जनताले साथ दिने प्रधानमन्त्री

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, जेठ १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिकृति, बिसंगति र भ्रष्टाचारबिरुद्धको लडाईमा जनयुद्धको मानसिकताका साथ हामफालेको अनुभव भएको बताउनुभएको छ ।

शनिबार काठमाडौंको साँखुमा प्रेस सेन्टर नेपालको १९औँ साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्ध सुरु गर्दा मृत्युबरण गरेर हामफालेको भन्दै अहिलेको लडाईमा पनि कतिबेला एम्बुस र घात प्रतिघातमा पर्ने हो टुङ्गो नरहेको बताउनुभयो ।

उहाले मुलुकमा देखिएको ठूला–ठूला भ्रष्टाचार र बेथितिविरुद्धको आन्दोलनमा जनताले साथ दिने उल्लेख गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले जस्तोसुकै समस्या पनि भ्रष्टाचारका बिरुद्धको लडाई नरोकिने बताउनुभयो । संसदमा विचार र राजनीतिले नभई सबै संख्याको खेल हुने भएकाले देशको नेतृत्व लिने संख्यामा माओवादी नरहेपनि बिभिन्न कारणले अहिले सरकारको नेतृत्वमा माओवादी पुगेको उहाले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्वमा पुगेको दिन देखि माओवादी पार्टी र नेतृत्वलाई अपमानित गर्ने र घेरावन्दी गर्ने कसरत भइरहेको धारणा राख्नुभयो ।

उहाले सहिदले देखाएका सपना र मुलुकलाई अघि बढाउन जस्तोसकै चूनौतिको पनि सामना गरेर अघि बढ्ने स्पष्ट पार्नुभयो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्