टी–ट्वान्टी विश्वकप क्रिकेटका लागि पाकिस्तानले सार्वजनिक ग¥यो जर्सी

खबर बुक
  • ख-
  • ख+

पाकिस्तानले अस्ट्रेलियामा आयोजना हुने टी–ट्वान्टी विश्वकप क्रिकेटका लागि जर्सी सार्वजनिक गरेको छ ।

पाकिस्तानले हिजो विश्वकपका लागि जर्सी सार्वजनिक गरेको हो । टी–ट्वान्टी विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुनेछ ।

पाकिस्तान अघिल्लो संस्करणमा अस्ट्रेलियासँग सेमिफाईनलमा पराजित भएको थियो । पाकिस्तानले भारतविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्ने छ ।

पाकिस्तानले बाबर अजामको कप्तानीमा विश्वकप खेल्ने १५ सदस्सीय टोलीको घोषणा गरिसकेको छ ।

पाकिस्तानको घोषित टोलीमा शाहिन शाह अफ्रिदीले पुनरागमन गर्नुभएको छ । चोटका कारण अफ्रिदीले एसिया कप गुमाउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्