
काठमाडौं, १२ जेठ । बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा शुक्रबारबाट घटाएकाे छ ।
मन्त्रालयले घटाएको भाडादर राजपत्रमा प्रकाशित गरेकाे छ । काठमाडौं उपत्यकाभित्र ५ दशमलव ९ प्रतिशत, उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा ४ दशमलव १८ प्रतिशत र मालवाहक सवारीसाधनमा ५ दशमलव ६९ प्रतिशतले भाडा घटाएको हो ।
बढेको भाडाअनुसार यात्रुले काठमाडौं उपत्यकामा सार्वजनिक गाडीमा चढ्ने बित्तिकै २० तिर्दै आएका थिए । अब न्यूनतम १७ रूपैयाँ लाग्ने तिर्नु पर्ने भएकाे छ ।