काठमाडौंमा किसान संगठनले आज प्रदर्शन गर्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १२ जेठ । नेपाल मजदुर किसान पार्टी निकट नेपाल क्रान्तिकारी किसान संघले आजथ काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

कृषकहरुलाई सहुलियत पुर्ण ऋण, कृषी बिमा, प्राकृतिक क्षतिपुर्तिको ब्यवस्था, उत्पादन वृद्धिका लागि अत्यावश्यक रासायनिक मल सुपथ मूल्य र समयमै उपलब्ध गराउनु पर्नेलगायत माग राखी  सरकारलाई खबरदारी गर्न काठमाडौंमा प्रदर्शन गर्न लागिएको हो ।

नेमकिपा निकट किसान संगठनले  जुलुसमा सहभागी भई ऐक्यबद्धता जनाउन आग्रह गरेको छ । सो जुलुस दिउँसो १ बजे रत्नपार्कबाट सुरु हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्