मन्त्रीसँग ११ बुँदे सहमतिपछि सांसद सञ्जय गौतमले तोडे अनशन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं :  बर्दियाका–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले आठौं दिनमा आमरण अनशन तोडनुभएको छ ।

बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुलमुनि अनशन बसेका कांग्रेस केन्द्रीय सदस्य गौतमले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग ११ बुँदे सहमति भएपछि अनशन तोडनुभएको हो ।

अनशन तोडेपनि स्वास्थ्य अवस्था कमजोर भएकाले गौतम जिल्ला अस्पताल बर्दियामा भर्ना भएका जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी हिक्मतबहादुर बोहराले जानकारी दिनुभयो ।

पुल निर्माण हुनुपर्नेसहितका विभिन्न १५ बुदे माग राखेर ३० वैशाखमा जब्दीघाटको भत्किएको पुलमुनि अनशन गौतम अनशन बस्नुभएको थियो । गौतमसँग वार्ता गर्न मन्त्री ज्वाला आज बारबर्दिया नगरपालिका–११ स्थित अनशनस्थलमा नै गएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्