साफ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बङ्गलादेश खेल्दै

खबर बुक
  • ख-
  • ख+

छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने फाइनल खेलमा घरेलु टोली नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ । नेपाल र बङ्गलादेशबीचको खेल साँझ ५ बजे सुरु हुनेछ ।

महिला साफको १२ वर्षे इतिहासमा नेपाल र बङ्गलादेश पहिलो पटक फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । आजको खेलबाट साफले नयाँ च्याम्पियन टोलीसमेत पाउनेछ । नेपाल ४ पटक उपविजेता बन्दा बङ्गलादेश १ पटक उपविजेता बनेको छ ।

आजको खेल दुबै टोलीका लागि निकै महत्वपूर्ण मानिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्