दिनँहु कफि पिउँदाका फाइदाहरु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, बैशाख ३० । संसारमा यस्ता धेरै मानिसहरु छन् उनिहरु बिहान एक कप कफि नपिइकन आफ्नो दिनको सुरुवात गर्न उनिहरुको मनले दिदैन ।

यी मानिसहरुका अनुसार कफीले उनीहरुको दैनिक उत्पादकत्वमा धेरै राम्रो प्रभाव पार्छ । यस्ता कैयौं अनुसन्धानहरु भएका छन् जसले कफी स्वास्थ्यको लागि राम्रो भएको तथ्य पत्ता लगाएको छ ।

त्यसैगरि साथीहरु भेट भएर कफी सपमा घन्टौं कफी पिउँदै गफगाफ गर्ने चलन आजकाल ठूला शहरमा मात्रै होइन साना शहरमा पनि सुरु भएको छ ।

कफीको यस्ता सामाजिक मेलमिलापका फाइदाको बारेमा हामी सबै जानकार छौं । तर कफी स्वास्थ्यको लागि कति महत्वपूर्ण छ रु यसको सेवनले हाम्रो स्वास्थ्यमा कस्तो फाइदा गर्छ यस बारेमा धेरैलाई थाहा नहुन सक्छ ।

दिनमा तीन देखि चार कप कफी पिउनु स्वास्थ्यको लागि धेरै नै राम्रो हुने मानिन्छ । अध्ययन अनुसार दुध र चिनी नराखी कफी पिउनु सबैभन्दा राम्रो हुन्छ ।

त्यस्तै कफीको साथमा तपाईले कुनै पनि हेभी स्न्याक्स खाएमा भने त्यसले तपाईले कफीबाट पाउने फाइदालाई कम गर्छ ।

तर, कफी स्वास्थ्यको लागि हरेक स्थितिमा राम्रो हुन्छ भन्ने जरुरी छैन । नियमित रुपमा कफिको सेवन नगर्ने मानिसले कफी पिएमा उसलाई हर्टअट्याक हुने खतरा पनि हुन सक्ने एक अध्ययनले देखाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्