२ असोज, काठमाडौं । २०४६ को जनआन्दोलनका कमाण्डर स्व. गणेशमान सिंहको २५औँ स्मृति दिवसको अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनको आयोजनामा शोभाभगवतीमा माल्यार्पण गरिएको छ।
राणा शासनको अन्त्य तथा प्रजातन्त्रको बहालिका लागि सिंहको योगदानलाई अतुलनीय मानिन्छ।
उनी नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्याय मानिन्छन। सिंहले नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक विपी कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापनामा प्रमुख भूमिका निभाएका थिए।
१९७२ साल कात्तिक २४ गते काठमाण्डौको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको थियो ।