थप ५१ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ बैशाख ।  देशभर थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १२ सय ३८ जनाको नमूना परीक्षण गरिएको थियो ।

२ सय ५ जनाको पीसीआर र १ हजार ३३ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार ३५ जना संक्रमणमुक्त भएका छन् । हाल ३ सय ६१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्