थप १११ जनामा कोरोना संक्रमण, एक जनाको मृत्‍यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्‍यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार थप एक जनाको मृत्‍यु भएको हो ।

साथै पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ५१७ जनाको नमुनामध्‍ये १ हजार ४० जनाको पीसीआर परीक्षण गर्दा ७८ जना र १ हजार ४७७ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी १११ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३७८ जना पुगेको छ भने संस्थागत आईशोलेशनमा १८ जना, आईसीयूमा ६ जना र १ जना भेन्टिलेटरमा उपरचाररत छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्