सर्वोच्च अदालतले दुई÷दुई पटक संसद बिघटनलाई असंवैधानिक भने पनि एमालेलाई चेत नआएको नेता खनालको भनाई

खबर बुक
  • ख-
  • ख+

काठमाडौं  : असोज १

नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सर्वोच्च अदालतले दुई÷दुई पटक संसद बिघटनलाई असंवैधानिक भने पनि एमालेलाई चेत नआएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा खनालले अदालतले दुई÷दुई पटक संसद् विघटन असंवैधानिक हो भनेर भन्दा पनि एमालेको चेत नखुलेको भन्दै आगामी निर्वाचनको परिणामले एमालेको चेत खुल्ने बताउनुभयो । उहाले यसअघिको पाँच बर्षे ४१ महिना पुग्दा नपुग्दै सरकार ढल्नुको कारण प्रतिपक्षी दल नभई एमाले नभई आफैंले ढालेको बताउनुभयो । खनालले संविधान र सङ्घीयता कार्यान्वयन जस्तो महत्वपूर्ण उपलब्धि संसद्को यो कार्यकालमा भएको र यो अवधिमा धेरै कानुन बनाउनुलाई पनि उपलब्धिका रुपमा हेरिनुपर्ने धारणा राख्नुभयो ।

वर्तमान सरकार पाँच दलको साझा धारणामा बनेको उल्लेख गर्दै उहाँले बहुदलीय व्यवस्थामा दल मिलेर आफ्नो एजेण्डासहित सरकारमा सहभागी हुने बताउनुभयो ।

खनालले नेपालमा संविधान जारी भएपछि भएको निर्वाचनमा देशले ठूलो अपेक्षा राखिएको भए तापनि अपेक्षाअनुसार कृषि, शिक्षा, स्वास्थ्य, उद्योग रोजगारसम्बन्धी विकास हुन नसकेको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्