नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं , बैशाख १३ । कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जनाको ज्यान गएको हो । यस्तै १ हजार ६३४ जनाको नमुनामध्‍ये ४९४ जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र १ हजार ४२० जनाको एण्टीजेन परीक्षण गर्दा ४५ जना गरी ८२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोनाको संक्रिय संक्रमितको संख्या ३६१ पुगेको छ भने संस्थागत आईलोशनमा २९ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् । बुधबार मात्रै ६५ जना कोरोनाबाट संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्